मुलुकले कृष्णप्रसाद भट्टराई जस्तो असल अभिभावक खोजिरहेको छः शेखर कोइराला

डिसी नेपाल
८ पुष २०८० २१:४९
28
Shares

मोरङ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई कृष्णप्रसाद भट्टराई जस्तो सादगी, इमान्दार र निष्ठावान् नेता आवश्यक रहेको बताएका छन्।

कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको ९९ जन्मजयन्तीका अवसरमा नेकां मोरङद्वारा आज विराटनगरमा आयोजित विचार गोष्ठीमा उहाँले मुलुकमा देखिरहेको संकट समाधान र समृद्धिका लागि नेता भट्टराईजस्तो असल अभिभावक खोजिरहेको विचार व्यक्त गरे।

नेता डा कोइरालाले भ्रष्टाचारलाई शून्य सहनशीलता कायम गरी राजनीतिक स्थायित्व र सुशासनका निम्ति सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

सो अवसरमा राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझी, नेकांका केन्द्रीय सदस्य अमृत अर्याल, गोपाल राजभण्डारी, वसन्त भट्टराई, कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी तथा सचिव मोदराज घिमिरे लगायतले प्रजातन्त्र स्थापनाका लागि स्व भट्टराईले गर्नुभएको योगदानका विषयमा चर्चा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *