संक्रणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन शीर्ष दलका नेता सहमत

डिसी नेपाल
९ पुष २०८० २०:५३
32
Shares

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतासहितको बैठक संसद्को आगामी अधिवेशनमा नै विधेयक अगाडि बढाउन सहमति नजिक पुगेका हुन्।

पीडितलाई केन्द्रमा राखेर विधेयकमाथि संसदमा छलफल गर्न बैठक महत्त्वपूर्ण भएको एमालेका सचेतक महेश बर्तौलाले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली लगायत मुख्य सचेतक लगायतका नेताहरू सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *