गाउँ रित्तिँदै गएकोमा राष्ट्रपति चिन्तित

डिसी नेपाल
१० पुष २०८० ११:४५
76
Shares

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँ-गाउँमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको विकास भएपनि गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ रित्तिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

उनले नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैले यस समस्याको समाधान खोज्नुपर्ने बताए। शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौं नेपाली युवाहरु विदेशिने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेकामा उनले जोड दिए।

कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरुप निर्धारण हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता रहेको बताए।

राष्ट्रपति पौडेलले धेरै शैक्षिक उन्नति र प्रगतिका बावजुद पनि सरस्वती क्याम्पसको भौतिक संरचना खासगरी अत्याधुनिक भवनलगायतको अभाव हुनु चिन्ताको विषय भएको भन्दै भौतिक पूर्वाधारलगायतमा सहयोग गर्न सरकारलाई आग्रह समेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *