अजिंगरले टोकेपछि एक व्यक्तिले उल्टै अजिंगरलाई नै टोकेर मारिदिए
काठमाडौं । सामान्यतया जब कसैले सर्प जस्तो खतरनाक प्राणीलाई भेट्छ, मानिसहरू सबैभन्दा पहिले त्यसबाट भाग्छन्। तर के तपाईंले कहिल्यै सुन्नु भएको छ कि सर्पले टोकेको व्यक्तिले उल्टै सर्पलाई टोक्यो ? वास्तवमा, फिलिपिन्समा हालै यस्तै घटना भएको छ।
यहाँ सडक पार गर्ने क्रममा एक व्यक्तिलाई अजिंगर सर्पको सामना गर्नुपर्यो। फिलिपिन्स डेली इन्क्वायररको रिपोर्टका अनुसार ४८ वर्षीय बोलजुलियो अलेरिया आफ्नो मोटरसाइकलमा बोहोल प्रान्तको एन्टेक्वेरा हुँदै यात्रा गरिरहेका थिए। जब उनी सडक पार गर्न रोकिए, घाँसबाट एउटा अजिंगर आयो र उनको हातमा टोक्यो।
अलेरियाले तुरुन्तै बाइक छोडे र आफ्नो हात हेर्न थाले। यसैबीच, अजिंगरले उनको शरीरको वरिपरि कुण्डली बेरेर उसलाई समात्यो। यो सबै देखेर उनले बुझे कि अब मृत्यु नजिक छ, या त लड्नु पर्छ कि मर्नुपर्छ।
अलेरियाले तुरुन्तै आफ्नो हातले सर्पको घाँटी समाते र दाँतले टोके । अलेरियाले भने, ‘मैले यसको छाला नखुइलइएसम्म टोकेँ र जब छाला फाट्यो त्यसको मासु टोकें। यसपछि मात्र उसको ममाथिको पकड खुकुलो भयो । उनले भने, ‘यो सबै उसको मृत्यु नहुँदासम्म १० मिनेटसम्म चल्यो।’
यति भएपछि पनि अलेरिया आफै नजिकैको घरमा गएर सहयोग मागे र अस्पताल पुगे । उनलाई ट्यागबिलारान शहरको गभर्नर सेलेस्टिनो गालारेस मेडिकल अस्पताल लगिएको थियो, जहाँ उनको उपचार गरिएको थियो।
अस्पतालको तस्बिरमा अलेरियाको हातमा पट्टी लगाइएको छ र उनको अनुहारमा रगत लागेको छ । डाक्टरले उनलाई एन्टिबायोटिक दिएर डिस्चार्ज गरे । अलेरियाका अनुसार गाउँलेहरूले सर्पको शरीरको बाँकी भाग भुटेर खाएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment