राष्ट्रबैंक निर्देशक सहदेव चन्दसँग बोल्ड प्रियंका (भिडियोसहित)
काठमाडौं। केहि समय देखि विभिन्न टेलिभिजन रियालिटी सोहरुमा ब्यस्त नायिका प्रियंका कार्की पुनस् म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन्।
एक हप्ता अगाडि हरिबंश आचार्यको मानव बेचबिखन बिरुदको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ।
दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहले क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘मायालु’को भिडियोमा नायिका प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएकी छिन्। भिडियोमा प्रियंका राष्ट्रबैंक निर्देशक सहदेव चन्दसँग बोल्ड रुपमा प्रस्तुत भएकी हुन्।
कमल मान सिंहको नै शब्द, संगीत रहेको गीतमा बाबु प्रधानको एरेन्ज रहेको छ। रोमन मार्सको सिनेमाटोग्राफी र सुप्रीम पराजुलीको सम्पादन रहेको भिडियोलाई स्वयं कमलमान सिंहले नै निर्देशन गरेका हुन्। २ दशक भन्दा अगाडी देखि नेपाली सागीतिक सक्रिय पपगायक कमल मान सिंहको दर्जनौं गीतहरु स्रोत दर्शकमाझ लोकप्रिय छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment