ठूला भ्रष्टाचारमा शीर्ष नेताको हात छ : डा. कोइराला
फिदिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले ठूलो भ्रष्टाचारका काण्डहरूमा ठूला नेताको हात रहेको उल्लेख गरेका छन्। नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गरे।
‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो,’ कोइरालाले भने ‘एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ।’ देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूला ठूला भ्रष्टाचार गरेको कोइरालाले उल्लेख गरे।
पत्रकारसँग कुरा गर्दै उनले अहिलेको सरकारले देशलाई निकाश दिन नसक्ने बताए। देशलाई निकाश दिन प्रधानमन्त्री परिवर्तन गर्न कोशिस भइरहेको कोइरालाको आरोप छ।
अहिलेको सरकाले देशलाई बरवाद गरेको उनले जिकिर गरे। ‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भईसक्यो,’ उनले भने, ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ। राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ।’
देशको अर्थतन्त्र डामाडोल भएको उल्लेख गर्दै उनले बैंकहरू पनि मिटरव्याजी भएको उल्लेख गरे। उद्योगी र बैंकर्श एउटै व्यक्ति हुनु नहुने कोइरालाले उल्लेख गरे। ‘नेपालमा उद्योगी र व्यापारीले नै बैंक सञ्चालन गरेका छन्,’ कोइरालाले भने, ‘यसरी एउटै व्यक्ति सबैतिर हुनु ठीक होइन।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment