समाजवादीको बैठक : ७० वर्षको उमेर हद लगाउन नहुने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन् ।
बैठकमा उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने,केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।
बैठकमा ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी एक सय ५० सदस्यीय हुनुपर्ने, क्रियाशिलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिइएको थियो ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक शुक्रबार सम्पन्न हुनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment