नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि

डिसी नेपाल
१३ पुष २०८० ७:२५

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ।

गत बुधवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ४० जनाले केन्द्रीय सदस्यले बिद्यान संशाेधन र उमेर हद ७० राख्नेका कि नराख्ने भन्नेलगायतका बिषयमा आ-आफनो धारणा राखिसकेका छन्। केन्द्रीय सदस्यले धारणा राख्ने जुन क्रम आज पनि जारी रहनेछ।

विधालगायत अन्य प्रस्तावहरु माथि छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो बिषयहरु माथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुट्याइएको छ।

आजको बैठक पनि बिहान ११ः०० बजेदेखि सुरु हुने जनाइएको छ। आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा राख्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *