नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ।
गत बुधवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ४० जनाले केन्द्रीय सदस्यले बिद्यान संशाेधन र उमेर हद ७० राख्नेका कि नराख्ने भन्नेलगायतका बिषयमा आ-आफनो धारणा राखिसकेका छन्। केन्द्रीय सदस्यले धारणा राख्ने जुन क्रम आज पनि जारी रहनेछ।
विधालगायत अन्य प्रस्तावहरु माथि छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो बिषयहरु माथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुट्याइएको छ।
आजको बैठक पनि बिहान ११ः०० बजेदेखि सुरु हुने जनाइएको छ। आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा राख्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment