सिप बिल्डिङमा फेल भएका सबैलाई ईपीएसमा सहभागी गराउन उच्च अदालतको आदेश
काठमाडौं। उच्च अदालत पाटनले सिप बिल्डिङको भाषा परीक्षामा फेल भएका सबैलाई कोरियन भाषा परीक्षा (ईपीएस) मा सहभागी गराउन आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले आज आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो।
‘निवेदकहरूलाई आवेदन फारम भर्नबाट बञ्चित गर्न मनासिब नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरिदिएको छ,’ न्यायाधीश ज्ञवालीले जारी गरेको आदेशमा उल्लेख छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी रहेका छन्।
दक्षिण कोरियामा रोजगारीका लागि जान ईपीएस परीक्षामा सहभागी हुन नपाएपछि आज असन्तुष्ट युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका थिए।
आन्दोलनकारीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीसँगको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment