बालकुमारी घटनाबारे रविले भने-यो राज्यले गरेको हत्या हो

डिसी नेपाल
१३ पुष २०८० १८:५६
540
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनाबारे मुख खोलेका छन्। दुई जना युवाको ज्यान गएको उक्त घटनामा गृहमन्त्रालयको असक्षमता देखिएको लामिछानेको टिप्पणी छ। उनले आजको घट्ना राज्यले गरेको हत्याको संज्ञा दिए।

‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्,’ उनले भनेका छन्, ‘आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ। घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उत्तिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला।’

परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा सरकारको ध्यानाकर्षण गराएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *