सेनामा भर्ती हुन अस्वीकार गरेको भन्दै इजरायली युवालाई जेल सजाय
काठमाडौं । एक १८ वर्षीय इजरायली युवालाई सेनामा भर्ना हुन अस्वीकार गरेको आरोपमा मुद्दा चलाइएको छ र ३० दिनको सैन्य जेल सजाय सुनाइएको छ।
इजरायली मिडिया रिपोर्टका अनुसार ताल मिटनिक तेल अवीवमा बस्छन्। उनले सैन्य भर्ती केन्द्रमा गएर सेनामा भर्ती नहुने आफ्नो निर्णयको घोषणा गरे।
उनले आफ्नो विवेकको आधारमा विरोधका लागि इजरायल-हमास युद्ध र कब्जालाई उद्धृत गरे।
अन्तस्करणको आवाजको आधारमा विरोध गर्नु भनेको व्यक्तिले आफ्नो विश्वासको आधारमा कुनै कुरालाई अस्वीकार गर्नु हो।
गाजा युद्ध सुरु भएयता उनी पहिलो व्यक्ति हुन् जसलाई ‘आफ्नो विवेकका कारण सेनामा भर्ती नहुने निर्णय’ गरेकोमा सजाय दिइयो।
यदि उनले सैन्य सेवाको विरोध जारी राखे भने, उनको हिरासत लम्बिन सक्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment