डंकीका निर्देशक हिरानीको खुलासा, ‘मुन्नाभाइ-३ बनाउने सोचमा छु, पुराना स्क्रिप्ट खोतल्छु ’

डिसी नेपाल
१४ पुष २०८० १२:००
68
Shares

मुम्बई । हाल राजकुमार हिरानी आफ्नो पछिल्लो रिलिज शाहरुख खान स्टारर फिल्म ‘डंकी’ को सफलताको आनन्द लिइरहेका छन् ।

यी सबै खबरको बीचमा हिरानीले सञ्जय दत्त अभिनीत आफ्नो ब्लकबस्टर फिल्म ‘मुन्ना भाई’ फ्रेन्चाइजको सबैभन्दा प्रतिक्षित तेस्रो किस्ताको बारेमा एक रोमाञ्चक अपडेट साझा गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार राजकुमारानी हिरानीले ‘मुन्ना भाइ एमबीबीएस’ को तेस्रो भागको सम्भावना रहेको संकेत गरेका छन ।

‘मुन्ना भाइसँगको हाम्रो संघर्ष यो हो कि पछिल्ला दुई फिल्म यति राम्रो बनेका छन् कि मसँग अझै ५ वटा आधा लिखित स्क्रिप्टहरू छन् । म प्रायः सञ्जु (सञ्जय दत्त) सँग कुरा गर्छु, बनाउनु पर्ने पनि उनको भनाइ छ । यो ‘डंकी’को कथा अब समाप्त भयो, त्यसैले अब पुराना कथाहरूको बाकस खोल्छु। मलाई अर्को मुन्ना भाइ बनाउन मन लागेको छ तर कहिले थाहा छैन।’

सन् २००३ मा पहिलो पटक राजकुमार हिरानीले मुन्ना भाइ (सञ्जय दत्त) र सर्किट (अरशद वारसी)को प्रतिष्ठित चरित्र कमेडी फिल्म मुन्ना भाइ एमबीबीएस मार्फत संसारलाई परिचय गराए । यो फिल्मले बक्स अफिसमा धमाका उडायो र सुपर डुपर हिट भयो । यसपछि हिरानीले सन् २००६ मा यही फिल्म ‘लगे रहो मुन्ना भाइ’को सिक्वेल रिलिज गरेका थिए ।

यसैबीच, हिरानीको पछिल्लो रिलिज फिल्म शाहरुख खान अभिनित फिल्म ‘डंकी’को पनि निकै प्रशंसा भइरहेको छ । फिल्ममा तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, ​​अनिल ग्रोवर र विक्रम कोचरको पनि महत्वपूर्ण भूमिका छ । डिसेम्बर २१ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा ३२३ करोडभन्दा बढी कमाई गरिसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *