टुँलिखेलमा ‘तमु ल्होसार’ काे राैनक (फाेटाेफिचर)

डिसी नेपाल
१५ पुष २०८० १४:४९

काठमाडौं। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। यसपटक तमु गुरुङ समुदायले ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि-ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ। तमु ल्होसारका अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

यसैबीच काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाएका छन् ।

काठमाडौं बसोबास गर्ने विभिन्न जिल्लाका गुरुङ समुदायका बालबालिका महिला पुरुषहरु बसन्तपुरमा भेला भएर बसन्तपुरबाट र्‍याली निकालेर टुँडिखेलतर्फ प्रस्थान गरेका छन् । सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि र सहरी विकासमन्त्री सिता गुरुङ विशेष अतिथि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *