मोहन वैद्य अस्पताल भर्ना
काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।
दम र खोकी बढेपछि उनलाई आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले नजाएको छ। उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।
अझै केही दिन वैद्यलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment