दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार

डिसी नेपाल
१७ पुष २०८० १३:००
100
Shares

काठमाडौं । दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ । योनहाप समाचार एजेन्सीको रिपोर्ट अनुसार यो घटना बुसानमा भएको हो।

विपक्षी नेता ली जे-म्युङ २०२२ को राष्ट्रपति चुनावमा पराजित भए। मंगलबार आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा छुरी प्रहार गरेका थिए । आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।

आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो। रिपोर्टका अनुसार उनलाई अस्पताल पुर्‍याउँदा होशमा थिए।

ली हाल दक्षिण कोरियाको संसदको सदस्य छैनन्। उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने विश्वास गरिएको छ । ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् ।

उनले २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले हारे। दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *