सुदूरपश्चिममा विकासकाे प्रचुर सम्भावना छ : परराष्ट्रमन्त्री

डिसी नेपाल
१७ पुष २०८० १६:२८
8
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिममा विकासका प्रचुर सम्भावना रहेको बताएका छन् ।

मंगलबार काठमाडौंको पर्यटन बोर्डमा आयोजित दृश्यमा खप्तड सार्वजनिक कार्यक्रममा मन्त्री साउदले सुदूरपश्चिममा कर्णाली, सेती, महाकाली नदिका साथै अपि, बहुरानी हिमाल लगायत पवित्र तीर्थस्थल रहेको भन्दै विकासका प्रचुर सम्भावना रहेको बताएका हुन् ।

सुदूरपश्चिम रहेको विविध संस्कृतिहरुलाई नेपालका साथै संसारभर पुर्‍याउन कमी भएको उनले बताए । मन्त्री साउदले प्राकृतिक सम्पदाहरुको उपयोग गर्दै सुदूरपश्चिमलाई बिकासको बाटोतर्फ अघि बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा दृश्यमा खप्तड श्रव्यदृश्यमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *