यूएईमा सवारी दुर्घटनामा परेर बैतडीका एक जनाको मृत्यु

डिसी नेपाल
१८ पुष २०८० १८:१५
152
Shares

बैतडी । संयुक्त अरब इमिरेट्स (यूएई) मा सवारी दुर्घटनामा परेर बैतडीका एक युवकको मृत्यु भएको छ।

रोजगारीको शिलशिलामा एक महिनाअघि संयुक्त अरब इमिरेट्स पुगेका जगदीश महराको मृत्यु भएको हो। पुर्चौडी नगरपालिका–१० बिजयपुर महरा गाउँका २३ वर्षीय महराको गाडीको ठक्करबाट मृत्यु भएको आफन्तले बताएका छन्।

आइतबार उनलाई गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते महराको उपचारको क्रममा मृत्यु भएको स्थानीय भानबहादुर महराले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *