जापानमा रेलमा छुरा प्रहार, महिलाले गरिन् यात्रुमाथि आक्रमण

डिसी नेपाल
१९ पुष २०८० १५:४५
556
Shares

काठमाडौं । जापानको राजधानी टोकियोको मेट्रो रेल स्टेसनमा एक महिलाले यात्रुमाथि चक्कु प्रहार गरेकी छन् । यस घटनामा चार जना घाइते भएका छन् । यो घटना टोकियोको अकिहाबारा स्टेशनमा भएको हो ।

राज्य टेलिभिजन एनएचकेले घटना टोकियोको व्यस्त सबवे लाइन मध्ये एक यामानोटे लुप लाइनमा भएको बताएको छ। पछि यो लाइनमा रेल सेवा केही समयका लागि बन्द भएको थियो।

रिपोर्टका अनुसार अकिहाबरा स्टेशनमा उपस्थित एक महिलाले अचानक चक्कुले आक्रमण गर्न थालिन् । तर, आक्रमणकारी महिलालाई नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *