परिवार दलका अध्यक्ष एकनाथ ढकालद्वारा एमाले अध्यक्ष ओलीसँग भेट
काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले प्रमुख प्रतिपक्ष दलका नेता, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा पुगेर भेटघाट गरेका छन्।
ओलीसँगको भेटमा समसामयिक राजनीति, संसदमा प्रतिपक्षको भूमिका, राष्ट्रियताको संवर्द्धन तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका बहुआयामिक बिषयमा कुराकानी भएको परिवार दलका महामन्त्री सन्तोष पौडेलले बताए। प्रतिनिधि सभाका सदस्य ढकाल अन्तराष्ट्रिय सम्बध तथा पर्यटन समिति सदस्य छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment