‘एक मुठ्ठी बादल’मा आँचल शर्मा अनुबन्धित, फागुनबाट छायांकन हुने

डिसी नेपाल
२६ पुष २०८० १६:११
84
Shares

काठमाडौं। अभिनेत्री आँचल शर्मा चलचित्र एक मुठ्ठी बादलमा अनुबन्धित भएकी छन् । आमाछोरीबीचको सम्बन्धमा आधारित नारी प्रधान चलचित्र एक मुठ्ठी बादलमा उनी खेल्ने भएकी हुन्।

यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा उनले एक मुठ्ठी बादल आमाछोरीहरु बीचको अनौठो सम्बन्धको श्रुतिमधुर संगीत रहेको बताएकी छिन्।

‘पुस्तौँदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिलै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् ?,’ प्रश्न गर्दै उनले भनेकी छिन्, ‘ एक मुठ्ठी बादल आमा छोरीहरु बीचको अनौठो सम्बन्धको श्रुतिमधुर संगीत हो। अराजकतालाई अँगाल्ने, अपूर्णतामा उत्सव मनाउने र  सामान्यलाई असामान्य बनाउने नेपाली नारीका गाथा आउनुस् फेरि नयाँ धूनमा सुनौँ।’

आगामी फागुनबाट सुटिङ थाल्ने सो चलचित्रको स्क्रिप्ट कान्स रोट्रेड्याम ढाकालगायतका फेस्टिभलाम छानिएको थियो। अभिमन्यु दीक्षित, अनुपम पौडेल र सामिप्यराज तिमल्सेनाको प्रस्तुति रहने एक मुठ्ठी बादलको लेखन तथा निर्देशन साहारा शर्माको रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *