रुकुम पश्चिमका भूकम्पपीडितको अस्थायी आवास बनाउने दाङका एमाले कार्यकर्ता सम्मानित

डिसी नेपाल
२७ पुष २०८० १५:१०
20
Shares

काठमाडौं। नेकपा एमाले जिल्ला कमिटी दाङले रुकुम पश्चिममा भूकम्पले क्षति पुर्‍याएको स्थानमा अस्थायी घर टहरा बनाएर फर्किएका नेता कार्यकर्तालाई सम्मान गरेको छ। जिल्लाको घोराहीमा पार्टीले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

एमाले महासचिव शंकर पोखरेलले उनीहरूलाई टोपी, सल तथा प्रमाणपत्र सहित सम्मान गरेका हुन्।  उनीहरूलाई सम्मान गर्दै महासचिव पोखरेलले दुःख र कठिन अवस्थामा सहयोग पुर्‍याएको भन्दै टोलीका सम्पूर्ण सदस्यलाई धन्यवाद दिए।

नेकपा एमाले जिल्ला कमिटी दाङले रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा २५ जनाको टोली खटाएको थियो। नेकपा एमाले जिल्ला कमिटीका सचिव मनोहर बुढाथोकीका अनुसार टोलीमा १८ वर्षदेखि ६४ वर्ष उमेर समूहका नेता, कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

टोलीले १५ दिनसम्म काम गरेको थियो। सो क्रममा ३६ वटा घर टहरा निर्माण गरेको थियो । सो टोलीलाई खाना, बस्न र निर्माणका लागि आवश्यक सामग्रीको एमाले दाङ जिल्ला कमिटीले गरेका पार्टीको जिल्ला आर्थिक विभाग प्रमुख खिमबहादुर वलीले जानकारी दिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *