‘पर्खी बसें तिमीलाई’को विशेष शोमा सहभागीले भने– धेरैपछि प्रेम कथानक फिल्म हेर्न पाइयो

डिसी नेपाल
२७ पुष २०८० १६:४७
80
Shares

काठमाडौं। नेपाली फिल्म पर्खी बसें तिमीलाई शुक्रबारबाट प्रदर्शनमा आएको छ।

नयाँ बानेश्वरस्थित वान सिनेमाजमा सो फिल्मको विशेष शोको आयोजना पनि गरिएको थियो। विशेष शोका सहभागीहरुले धेरै समयपछि प्रेम कथानक फिल्म हेर्न पाइएकोमा खुसी व्यक्त गरे भने डेब्यु कलाकारको अभिनयको तारिफ पनि गरेका छन्।

पछिल्लो समय ड्रामा र एक्सन फिल्म हेर्दै आएकोमा प्रेम कथामा आधारित रहेको पर्खी बसें तिमीलाई हेर्न पाउँदा खुसी लागेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

डेब्यु गरेका अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीको जीवन्त अभिनयको तारिफ गर्दै उनीहरुले किरण र रक्षा धेरै निर्माताको रोजाइमा पर्ने सम्भावना रहेको बताए ।

अभिनेता शिव श्रेष्ठले नयाँ पुस्ताको कलाकारहरूबाट आफू प्रभावित भएको बताए। उनले डेब्यु कलाकारसँगै निर्देशक श्रेष्ठको प्रसंशा गरे।

‘फिल्म हेर्दा आँखा त रसाउँछ नै साथै नव कलाकारले गरेको तयारी गज्जब छ । उनीहरूले मलाई पुनः उर्जा थपेको छ’, अभिनेता श्रेष्ठले भने ।

निर्माता आकाश अधिकारी, निर्देशक नव नेपाल लगायत चलचित्र क्षेत्रसहित विभिन्न विधाका व्यक्ति विशेष शोमा सहभागी भएका थिए । निर्माता तथा निर्देशक अधिकारीले फिल्म उद्योगमा कमि रहेको नयाँ अनुहारलाई किरण र रक्षाले पुरा गर्नेमा विश्वस्त रहेको बताए ।

उनले भने,‘यस्ता प्रतिभाले अवसर पाएका रहेनछन । उनीहरूलाई पर्दासम्म ल्याउने टिमलाई धन्यवाद । उनीहरूको भविष्य उज्ज्वल छ।’

दीपक श्रेष्ठको निर्देशन तथा राजाराम बुढाथोकीको निर्माणमा ’पर्खि बसेँ तिमीलाई’ शुक्रबारबाट प्रदर्शनमा आएको हो । निर्देशक श्रेष्ठले प्राप्त प्रतिक्रियाले आफू उत्साहित रहेको बताए ।

‘मैले देखाउन खोजेको कथा पर्दामार्फत दर्शकको मनसम्म पुगेको छ । युवापुस्ताको प्रेमलाई दर्शकले पनि रुचाउनु भएको छु’, निर्देशक श्रेष्ठले भने,‘अहिले फिल्म हेरिसकेकोले तारिफ गरिरहेका छन् । हामीलाई राम्रा प्रतिकिया प्राप्त भइरहेको छ । युवापुस्ताले प्रेम कथालाई रिलेट गर्नुभएको छ।’

सो चलचित्रमार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पहिलोपटक मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरू माघेसंक्रान्तिसम्म उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिदैछन् ।

डेब्यु फिल्ममै पाएको प्रतिक्रिया आफूहरू उर्जाशील रहेको नव कलाकार किरण र रक्षाले प्रतिक्रिया दिए।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन्।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *