रुपन्देहीको पर्यटकीय स्थलमा राष्ट्रिय युवा संघको पदयात्रा

डिसी नेपाल
२८ पुष २०८० १४:५१
40
Shares

रुपन्देही। बुटवल तथा आसपासका क्षेत्रका पर्यटकीय स्थलबारे प्रचार गर्न नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पदयात्रा आयोजना गरेको छ ।

युवा संघ रुपन्देही जिल्ला कमिटीको आयोजनामा शनिबार बिहान बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्मको पैदलयात्रा शुरू गरेको हो ।

समृद्धिको लागि पर्यटन प्रबर्धन भन्ने नारा दिइएको हाइकिङ्ग यात्राको अगुवाइ नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गरेका थिए ।

पौडेल नेतृत्वको पदयात्रामा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, खीमलाल भट्टराई, माधव शर्मा, केन्द्रीय सदस्यहरु, सावित्रा अर्याल, गोमादेवी आचार्य, प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवासंघका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

बुटवल र आसपास प्रयाप्त पर्यटकीय सम्भावना रहेको र पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि पदयात्रा आयोजना गरिएको युवा संघ रुपन्देहीका अध्यक्ष विकाशजंग बस्नेतले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *