फिल्म‘मायाका रंगहरु’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित

डिसी नेपाल
३ माघ २०८० १०:३१
108
Shares

काठमाडौं। अभिनेता पल शाह र कुन्दन भारद्धाजको मुख्य भुमिका रहने इन्डो नेपाली फिल्म‘मायाका रंगहरु’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ पनि अनुबन्धित भएका छन्।

केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ।
प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ।

पुनम तामाङ प्रस्तुतकर्ता रहको सिनेमाको निर्माता आर।बी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ,मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ । फिल्मका सह-निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन्।

सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उदेश्यले आफुले यो फिल्ममा निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *