विभिन्न ब्राण्डका नक्कली मदिरा बनाएर बिक्री वितरण गर्ने समूह पक्राउ

डिसी नेपाल
३ माघ २०८० १३:५५
604
Shares

काठमाडौं। प्रहरीले विभिन्न ब्राण्डका नक्कली मदिरा बनाएर बिक्रि वितरण गर्ने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाई बिक्रिबितरण भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थीत एक घरमा छापा मार्दा प्रहरीले विभिन्न व्रान्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, विनोदकुमार कार्की, मोहन खड्का, गौरव तामाङ, मोहन खड्का, रोशन कार्की, महेश खत्री, मनिष खत्री र सुमन नगरकोटी रहेका छन्।

पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए।

उनीहरुबाट खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्राण्डको मदिरा, मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद भएको घिमिरेले बताए।

उनीहरुले चिनी र पानी मिलाएर पकाउने र त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्रि गर्ने खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले बजार पठाउन तयारी अवस्थामा राखिएका बिभिन्न ब्रान्डका मदिराहरु समेत बरामद गरेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *