सारिका घिमिरेको ‘मायालु’ सार्वजनिक (भिडियो)
काठमाडौं। कुनै समय नेपाली सिने क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाएकी सारिका घिमिरेले गायिकाका रूपमा पनि आफ्नो छुट्टै पहिचान बनाएकी छिन्।
उनै घिमिरेको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘मायालु’ सार्वजनिक भएको छ। गीतले प्रेम, बिछोड र त्यसले निम्त्याएको पिडाको भाव बोल्छ । भिडियोमा घिमिरे आफैँ फिचर्ड छिन्।
एक दर्जनभन्दा बढी सिनेमामा र तीन दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी घिमिरे पछिल्लो समय गायिकाका रूपमा पनि ख्याती कमाउँदै आएकी छिन् भने घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन्।
रवि कार्कीको निर्देशन रहेको भिडियोमा सविन लिम्बुको एरेञ्ज र पवन रानाभाट्टको मिक्सिङ/माष्टरिङ रहेको छ ।ज्ञानकुमार कट्टेलको छायाँकन रहेको भिडियोमा दिपिन बस्नेतको सम्पादन छ।
गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फ सार्वजनिक गरिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment