शिव, शंकर र बिमलाको‘भतभती मुटु पोलिरहे छ’ सार्वजनिक (भिडियो)
काठमाडौं । लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक गरेका छन्।
गीतकार बिमला तुलाचन र चर्चित संगीतकार शंकर थापा‘स्माइल’संगको सहकार्यमा गायक परियारले गीत ल्याएका हुन्।
गीतमा विषम आचार्यको एरेन्ज रहेको छ। नायिका एलिसा राई र कृश गुरुङको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई रामजी लामिछानेको निर्देशन गरेका छन्।
मानकृष्ण महर्जनको सिनेमाटोग्राफी र बान्दे प्रसादको सम्पादन रहेको भिडियोमा राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ।
शिव परियारको आफ्नै यु ट्युब च्यानलबाट सार्वजनिक गीतमा माया प्रेम र बिछोडको पिडाले कसरी‘भतभती मुटु पोलिरहेछ’ भनेर देखाउन खोजिएको छ।
यसअघि गायक शिव परियार र संगीतकार शंकर थापा‘स्माइल’ सहकार्यमा धेरै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन।
आफू गायिका समेत रहेकी गीतकार तुलाचन पछिल्लो समय टुहुरा बालबालिकाको पढाइको लागि निरनतर खटिरहेकी छिन भने संगीतकार‘स्माइल’ पनि संगीत देखि गायन सम्म त्यतिकै पोख्त छन् उनले गरेका चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment