कपिलवस्तु एमालेले कार्यकर्ताको परीक्षा लिने
कपिलवस्तु। नेकपा एमाले कपिलवस्तुले जिल्ला तहका नेतालाई प्रशिक्षण दिएको छ।
केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला सचिवालयलाई ३ दिने प्रशिक्षण प्रदान गरेको छ। होटल संगम प्यालेस गोरुसिंगेमा चल्ने प्रशिक्षण ३ सम्म सञ्चालन हुनेछ।
प्रशिक्षणको उद्घाटन समारोहमा बोल्दै एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले नेता कार्यकतालाई नयाँ ज्ञान र सिप प्रदान गर्न प्रशिक्षण आयोजना गरिएको बताए। अर्को वर्षदेखि पार्टीका सबै नेता तथा कार्यकर्तालाई प्रशिक्षण अनिवार्य गर्ने समेत बताएका छन्।
वडा सदस्यदेखि, प्रतिनिधि सभा सदस्य तथा राजनैतिक नियुक्तीको लागि समेत स्कुलिङ अनिवार्य रहेको उनको भनाइ छ। पछिल्ला दिनमा नेता कार्यकतालाई आधारभूत तह, माध्यमीक तह र अनुसन्धनात्मक तहको प्रशिक्षण गरी परिक्षा समेत लिइने ज्ञवालीले बताए।
नेता ज्ञवालीले अहिलेको सरकार ‘मल्टीपल अर्गान फेलियर’ भएको बताएका छन्। ‘राष्ट्रियतामा एक पछि अर्को चुनौती खडा हुँदैछ। अर्थतन्त्र लथालिङ्ग छ। हरेक गृहणीलाई थाहा हुन थालेको छ कि भान्सामा कति पकाउन सकिन्छ ? हरेक युवालाई हिजो रेष्टुरेन्टमा गएर कती खर्च गर्न सकिन्थ्यो ? आज कती खर्च गर्न सकिन्छ । गाडी चढ्नेलाई थाहा छ, फुल टयांक गर्न कती गारो छ ? उद्योग व्यवसाय आधा पनि चलेको छैन । देश लथालिंग भएको छ’ ज्ञवालीले भने।
कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले देशको विकासको लागि एमाले बाहेक अन्य विकल्प नरहेको बताउनु भएको थियो। कार्यक्रममा एमाले नेता खिमलाल भट्टराई, वृजेश कुमार गुप्त, बलराम अधिकारी, गिरिधारीलाल न्यौपाने, शुशिल श्रीवात्सव, सराज अहमद फारुकी, एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी लगायतको प्रशिक्षणमा सहभागिता रहेको थियो। कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले प्रशिक्षण पछि कार्यकर्तामा नया उत्साह थपिने विश्वास गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment