राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्र स्तरीय प्रशिक्षण माघ २४ गते इटहरीमा हुने
काठमाडौं। राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रम आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना गरिने भएको छ।
यस अघि मुलुकको विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार सात स्थानमा क्षेत्रीय स्तरको भेला प्रशिक्षण सम्पन्न भए पछि जिल्ला तहमा सघन रुपमा प्रशिक्षण संचालन गरिनेछ।
यस अघि मध्यमाञ्चलको काठमाडौं ,तराई-मधेशको महोत्तरी,लुम्बिनिको रुपन्देही,कर्णालीको सुर्खेत, सुदुरपश्चिमान्चलको कंचनपुर,पश्चिमान्चलको पोखरामा प्रशिक्षण सम्पन्न भएका थिए।
पूर्वाञ्चलकाे कार्यक्रमको निमित्त सुनसरी जिल्ला समितिको बैठक बसि तयारी शुरु भैसकेको र जिम्मेवारी बिभाजन गरि विभिन्न समितिहरु समेत निर्माण गर्ने काम गरिएको सह-महामन्त्री प्रेमप्रसाद भट्टराईले जानकारी दिए। आन्दोलन र संगठन निर्माणलाई पार्टीले सँगै लैजाने नीति अनुरुप काम भैरहेको पार्टीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment