सशस्त्र प्रहरी दिवसमा लोमस फार्मास्युटिकल्सका निर्देशक पाण्डे सम्मानित

डिसी नेपाल
९ माघ २०८० १४:३२
176
Shares

काठमाडौं। लोमस फार्मास्युटिकल्सका निर्देशक प्रणव जंग पाण्डे सशस्त्र प्रहरी दिवसका अवसरमा सम्मानित भएका छन्। सशस्त्र प्रहरीले सम्पादन गर्ने जिम्मेवारीहरू पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरेको भन्दै उनलाई सशस्त्र प्रहरी बलले आफ्नो २३औं स्थापना दिवसको अवसरमा सम्मान गरेको हो।

‘सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गर्ने जिम्मेवारीहरू पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरि संगठनको कार्यसम्पादनलाई प्रभावकारी बनाउन तपाईं र तपाईंको संस्थाले पुऱ्याएको योगदानको उच्च कदर स्वरूप ‘२३औं सशस्त्र प्रहरी दिवस-२०८०’ वार्षिकोत्सवको अवसरमा तपाईंलाई यो कदर-पत्र प्रदान गरिएको छ,’-सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा निर्देशक पाण्डेलाई प्रदान गरिएको कदर पत्रमा भनिएको छ।

लोमस फार्मास्युटिकल्स निर्देशक पाण्डे शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवामा क्रियाशील छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *