ऋतिक रोशनको ‘फाइटर’ले दोस्रो दिनमा कमायो ६१ करोड

डिसी नेपाल
१३ माघ २०८० ११:२१
1.2k
Shares

मुम्बई। ऋतिक रोशनको फिल्म फाइटरले शुक्रबार भारतमा ३९ करोड कमाएको छ।

यसमा ऋतिक रोशन स्क्वाड्रन लिडर शमशेर पठानियाको भूमिकामा छन्।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म बिहीबार हलमा रिलिज भएको थियो । सैकनिल्कका अनुसार फिल्मले रिलिज भएको दुई दिनमै ६० करोड रुपैयाँभन्दा बढी कमाएको छ।

फिल्मले पहिलो दिन भारतमा २२.५ करोडको ओपनिङ गरेको थियो । समाचार अनुसार यसले दोस्रो दिन भारतमा ३९ करोड रुपैयाँ कमाएको छ। हालसम्म फिल्मले घरेलु बक्स अफिसमा ६१.५ करोड कमाइसकेको छ ।

फाइटरले दर्शक र समीक्षकहरुबाट राम्रो प्रंशशा पाएको छ। फाइटरले ऋतिक र दीपिकाको पहिलो पटक अन स्क्रिन सहकार्यमा रहेका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *