रहेनन् बक्सिङका पूर्व प्रशिक्षक गुरुङ
काठमाडौं । नेपाली बक्सिङका पूर्व प्रशिक्षक मदन कुमार गुरुङको निधन भएको छ।
म्यानमार जाने क्रममा शनिबार बंगलादेशमा उनको निधन भएको नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले बताए। लामो समयदेखि ढाडको समस्या र मृगौलासम्बधि रोगले ग्रसित रहेका गुरुङको ७४ वर्षको उमेरमा निधन भएको हो।
नेपालमा सम्पन्न प्रथम दक्षिण एसियाली खेलकुदमा पनि उनी बक्सिङ प्रशिक्षक रहेका थिए। ३० को दशकमा पूर्व सदस्य सचिव शरद चन्द्र शाह बैंककमा जाँदा गुरुङको खेलबाट प्रभावित भएपछि नेपालमा आउन निम्तो गरेका थिए। त्यसपछि नेपाल आएका गुरुंगले थुप्रै नाम चलेका नेपाली बक्सिङ खेलाडी जन्माउन सफल भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment