युरोप पठाइदिने भन्दै करोडौं रकम ठगी गर्ने विकास वाईवा पक्राउ (भिडियोसहित)
काठमाडौं। प्रहरीले युरोप पठाउने भन्दै ६ सय भन्दा धेरै सर्वसाधारणबाट करोडौं रकम ठगी गर्ने एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै ललितपुर कोन्जोसोम घर भई हाल ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
तामाङले काठमाडौँको बालाजु चोक स्थितमा यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरुमा पठाईदिन्छु भनि ६ सय भन्दा धेरै सर्वसाधारणहरुबाट करौडौ रकम ठगी गरेको डिएसपी अनिल घिमिरेले जानकारी दिए।
उनले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर बसुन्धारामा ५० लाख लगानी गरेको, ३५ लाखको हुण्डाई क्रेटा गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए। बैदेशीक रोगजार विभागका अनुसार हालसम्म ७० जनाको मुद्धा दर्ता भइ रु ३ करोड २५ लाख २२ हजार रुपैया बिगो देखिएको र अन्य मुद्धा दर्ताका क्रममा रहेको प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment