चीनका अर्बपति बैंकर बाओ फ्यानले कम्पनीका सबै पदबाट राजीनामा दिए

डिसी नेपाल
१९ माघ २०८० १६:२६
228
Shares

काठमाडौं । चीनका प्रसिद्ध अर्बपति बैंकरमध्येका एक बाओ फ्यानले आफ्नो लगानी कम्पनीको प्रमुख पदबाट राजीनामा दिएका छन् ।

उनको कम्पनी ‘चाइना रेनेसान्स होल्डिङ्स’ ले यो खबरको पुष्टि गर्दै ‘स्वास्थ्य र पारिवारिक कारण’ देखाउँदै सबै पदबाट राजीनामा दिएको बताएको छ । ‘चाइना रेनेसान्स होल्डिङ्स’ बाओ फ्यानले बनाएको कम्पनी हो र यसले लगानी बैंकिङको व्यवसाय गर्छ।

बाओ फ्यान गत वर्ष फेब्रुअरीमा अचानक ‘बेपत्ता’ भएका थिए । त्यसयता उनको कुनै खबर आएको थिएन । बाओ फ्यान अचानक बेपत्ता हुनु अघि, चिनियाँ सरकारले वित्तीय सेवा कम्पनीहरू विरुद्ध घूसखोरीको आरोपमा अनुसन्धान सुरु गरेको थियो।

चीन सरकारको यो कदमले देशका धेरै व्यापारी स्तब्ध भएका छन् । त्यतिबेला ‘चाइना रेनेसान्स होल्डिङ्स’ले एक विज्ञप्तिमा बाओ फ्यानले सरकारी अधिकारीलाई अनुसन्धानमा सहयोग गरिरहेको बताएको थियो। बाओ फ्यानले देशमा ठूला टेक कम्पनीहरूको उदयमा ठूलो भूमिका खेलेको मानिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *