महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुदैँ

डिसी नेपाल
२१ माघ २०८० ८:५८

महोत्तरी। महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ । जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिवासमा फाल्गुन ५ देखि ३ दिनसम्म महोत्सव हुने भएको हो ।

होटल तथा पर्यटन व्यवसायी संघको आयोजनामा हुने उक्त खाना सडक महोत्सव नितान्त पर्यटन प्रवद्वन गर्ने उदेश्य रहेको आयोजक पक्षले जनाएको छ । आर्थिक मन्दिका कारण व्यवसाय धराशयी बनिरहेको बेला महोत्सवले व्यवसायलाई समेत चलायमान बनाउन सक्ने पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले वताए ।

अझ मौलिक खानाको माध्यमवाट जिल्लाको खाना संस्कार समेत अनुभव गर्न सकिने आयोजक पक्षको भनाई छ । मौलिक खानाको साथै मौलिक संस्कार र संस्कृती पनि सडकमा देख्न सकिने महासचिव नारायण घिमिरेले जानकारी दिए । उनका अनुसार बर्दिवासस्थित सिन्धुली सडक खण्डको दायाँतर्फ झण्डै २ सय मिटरको लम्बाईमा ५० भन्दा बढी स्टल राखिने र स्थानिय र राष्ट्रिय कलाकारहरुको माध्यमवाट भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजक पक्षले तयारी गरेको छ ।

निस्शुल्क प्रवेश गर्न सकिने उक्त महोत्सवको व्यवस्थापनको लागी बर्दिवास नगरपालिकाले ६ लाख ५० हजार सहयोग गरेको छ भने १० लाख भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । वाँकी लागत स्टल र अन्य माध्यमवाट संकलन गरिने अध्यक्ष कार्कीले बताए ।

संस्कृती , पर्यटन तथा पर्वद्वन समिती बर्दिवासको समेत सहभागीमा मौलिक संस्कारलाई यथेष्ट प्रचारप्रसार गरेर पर्यटन विकासमा भुमिका खेल्ने आयोजक पक्षले जनाएको छ । स्टलमा राखिएका खानाहरुमा अधिकतम २० देखि ४० प्रतिशतसम्म छुट हुने आयोजक पक्षले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *