उत्तर कोरियाले चीनलाई विग, दाह्री र कृत्रिम परेला किन पठाइरहेको छ ?

डिसी नेपाल
२१ माघ २०८० १२:४२
28
Shares

काठमाडौं । चिनियाँ कम्पनीहरूले उत्तर कोरियाबाट करोडौं डलर बराबरको विग र कृत्रिम परेला आयात गरी निर्यात गरिरहेको बताएका छन् ।

उत्तर कोरियाले ठूलो परिमाणमा चीनलाई विग, कृत्रिम परेला र नक्कली दाह्री निर्यात गरिरहेको छ।

तथ्याङ्कका अनुसार उत्तर कोरियाबाट चीनमा हुने निर्यातको करिब ६० प्रतिशत सौन्दर्य उत्पादनले ओगटेको छ ।

उत्तर कोरियाले आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धसँग सम्बन्धित नियमहरूबाट बच्न यस्ता वस्तुहरू उत्पादन गरिरहेको विश्वास गरिन्छ।

उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम रोक्न अन्तर्राष्ट्रिय दबाब छ। तर उसले यो कुरा मान्न अस्वीकार गरेको छ ।

यी प्रतिबन्धका कारण उत्तर कोरियाको कोइला निर्यातमा समेत असर परेको छ । उत्तर कोरियाले हालसम्म १७ सय टन कृत्रिम परेला, विग र नक्कली दाह्री चीनलाई निर्यात गरिसकेको छ । यसको मूल्य १६.७० करोड डलरभन्दा बढी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *