भारी ऋणमा डुबेको इटालीले पैसा जुटाउन सरकारी कम्पनीहरूको शेयर बेच्दै

डिसी नेपाल
२१ माघ २०८० १५:३९
208
Shares

काठमाडौं । इटाली भारी ऋणमा डुबेको छ । देशको ठूलो ऋणलाई ध्यानमा राख्दै प्रधानमन्त्री जर्जिया मेलोनीले राष्ट्रिय सम्पदाको शेयर बेच्ने निर्णय गरेकी छन् ।

इटालीलाई ऋणको यो जालबाट बाहिर निकाल्न मेलोनीले देशको हुलाक सेवाको शेयर बेच्न लागेकी हुन् । निजीकरण कार्यक्रम अन्तर्गत हुलाक सेवाको शेयर बेच्ने निर्णय भएको छ ।

मेलोनी सरकारले हुलाक सेवाको शेयर बेचेर २०२६ सम्ममा २१.६ बिलियन डलर उठाउने लक्ष्य राखेको छ। यस बाहेक सरकारले रेलवे कम्पनी फेरोवी डेलो स्टाटो र ऊर्जा क्षेत्रको कम्पनी एनीको शेयर पनि बेच्नेछ ।

सरकारी कम्पनीको सेयर बेचेर सरकारलाई खासै फाइदा नहुने विश्लेषकहरू बताउँछन् । इटालीसँग ३ ट्रिलियन डलरभन्दा बढी ऋण छ ।

मेलोनी भन्छिन् ‘हामी सरकारी कम्पनीहरूमा हाम्रो केही सेयर बेच्न सक्छौं।’ यद्यपि, हुलाक सेवामा हिस्सेदारी बेच्ने मेलोनीको निर्णय उनको २०१८ को बयान भन्दा फरक छ। इटालीको प्रधानमन्त्री हुनुअघि २०१८ मा मेलोनीले हुलाक सेवालाई आफ्नो कोहिनूरको रूपमा वर्णन गरेकी थिइन् ।

त्यतिबेला उनले हुलाक सेवाको निजीकरणको कडा विरोध गरेको बताएका थिए । यो हाम्रो कोहिनूर हो, जुन इटालीका जनताको हातमा रहनुपर्छ।

मेलोनी सरकारले हुलाक सेवामा ५१ प्रतिशत हिस्सेदारी राख्ने योजना बनाएको थियो तर शुक्रबार अर्थमन्त्री जियोर्जेट्टीले हुलाक सेवामा आफ्नो हिस्सा ३५ प्रतिशतमा झार्ने निर्णय गरेको बताएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *