पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन {भिडियो}
काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन्।
मंगलबार कपिलवस्तुको कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण गर्दै मन्त्री महतले सर्वसाधारणलाई दुख पनि नदिने र आखाँ पनि नचिम्लने गरि अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका हुन्।
को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने उनले बताए। मन्त्री महत कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर परिणाम पनि आवश्यक पर्ने धारणा राखे। उनले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरिए राजश्वको लक्ष्य नजिक पुग्न सकिने बताए।
उनले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठूलो लगानी चाहिने भएकाले नयाँ संरचनामा निर्माण तत्काल सम्भव नभएको स्पष्ट पारे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment