देशभर खुल्यो‘दयारानी’को बुकिङ, डायस्पोरामा ४ सय शो निश्चित
काठमाडौं। आगामी शुक्रबारबाट रिलिज हुने‘दयारानी’सिनेमाको अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ। सिनेमाले देशभरका विभिन्न हलमा ११३ शो पाएको छ।
सिनेमाले दर्शक हलसम्म फर्काउने अपेक्षा गरिएको छ । जसको लागि सिनेमाको निर्माण टिमले प्रचारमा राम्रै दौडधुप गरिरहेको छ।
ुदयारानीुलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ।
यस्तै बिग मुभिजले दयारानीलाई ६ शो दिएको छ भने वान सिनेमाज्ले ९ शो दिदां एफक्युब सिनेमाज्ले ४, आइएनआइले १२ शो दिएका छन्।
त्यसैगरी रञ्जना, सिके बिएसआर, सिडिसी र क्युज सिनेमाले पनि यस्तै अनुपातमा शोहरु छुट्याएका छन् ।दयारानीको नेपालमा मात्र नभई सोही दिन अमेरिका रिलिज हुनेछ भने अष्ट्रेलियामा नेपालभन्दा एक दिन अगाडि रिलिज हुनेछ। दुबै देशमा सिनेमाको करिब ४ सय शो निश्चित भइसकेको छ ।
सिनेमाको ओभरसिज वितरण खरिद गरेको सेभेन सिज इन्टरटेनमेन्टले हिन्दी र अंग्रेजी ठूला सिनेमाका बाबजुत नेपाली सिनेमाले धेरै शो पाएकोमा उत्साह व्यक्त गरेको छ ।
अमेरिकाका २३ थिएटरमा सिनेमाको १ सय ९७ शो पक्का भएका छन् । सिनेमा डलास, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागो लगायत अमेरिकाका प्रमुख सहरमा हेर्न पाइनेछ।
त्यसैगरी अष्ट्रेलियामा आगामी हप्ताका लागि १ सय ८० वटा शो निश्चित भएको छ ।अष्ट्रेलियामा उल्लेख्यमात्रमा नेपाली जनसङ्ख्या भएका सबै प्रमुख सहरमा सिनेमा रिलिज हुनेछ ।
सेभेन सीज इन्टरटेनमेन्टका अनुसार दयारानी मध्यपूर्वमा फेब्रुअरी १५ मा रिलिज हुनेछ भने बेलायतसहितका युरोपेली मुलुकहरुमा फेब्रुअरी १६ बाट रिलिज हुनेछ।
सेभेन सीज इन्टरटेनमेन्ट ग्लोबल सिनेमाको बक्स अफिसमा नेपाली चलचित्रहरू प्रदर्शन गर्न सक्ने प्रभावशाली कम्पनी हो।बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।
सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment