चलचित्र क्षेत्रमै भविष्य खोजेकी बिना श्रेष्ठ, दक्ष अभिनेत्रीको रुपमा उदाउने लक्ष्य

डिसी नेपाल
२६ माघ २०८० १०:३५
32
Shares

काठमाडौं। नेपाली कला क्षेत्रमा केहि गर्ने र यसैमा भविष्य बनाउने भन्दै थुप्रै नव प्रवेशीहरुको आगमन भइरहेको छ। नेपाली चलचित्र क्षेत्र फराकिलो पनि बन्दै गईरहेको छ। यो क्षेत्रमा केहि गरौँ भन्ने उद्देश्य बोकेर प्रवेश गर्ने मध्येकी एक हुन् बिना श्रेष्ठ।

काभ्रे जिल्लामा जन्मिएकी श्रेष्ठले करीब ७ बर्ष पहिले नेपाल सरकारका लागि शैक्षिक विज्ञापनहरूमा काम गरेर यो क्षेत्रमा प्रवेश गरिन्। उनले ‘ओभरडोज’ नामक चलचित्रबाट ठुलो पर्दामा डेब्यु गरिन्। अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायांकन भएको हो।

चलचित्र ‘ओभरडोज’ ले नेपालमा खासै ब्यापार नगरे पनी बिना श्रेष्ठको कामको तारीफ भएको थियो। आफूलाई दिएको कुनै पनि भूमिकामा खरो उत्रन सक्दो मेहनत् गर्ने र बनावटी भन्दा पनि बास्तविक अभिनय गर्ने भएकोले आफ्नो कामलाई धेरैले मन पराउने श्रेष्ठले बताइन्। चलचित्र ‘ओभरडोज’ दुई बर्ष अघि प्रदर्शनमा आएको थियो।

बिनाले आधा दर्जन जति म्युजिक भिडियो र शर्ट फिल्महरुमा पनि काम गरि सकेकी छन्। उनी हाल अमेरिकामा बस्दै आएकी छन्। उनले अभिनय कलालाई पोख्त बनाउन अभिनय सिकी रहेकी छन्।

नेपाली चलचित्र क्षेत्रमा व्यावसायिक र दक्ष अभिनेत्रीको रुपमा उदाउने उनको लक्ष्य रहेको छ। अभिनय संगै उनि आफ्नो करियरमा फोकस भएर लागी रहेकी छन्। उनि आइटी इन्जिनियर समेत हुन्। नेपाली चलचित्रमा काम गर्नको लागी संधै तयार रहेको समेत उनले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *