वर्तमान सरकारले देश र जनताका लागि केहि गर्न सकेनः कुमार दसौदी (भिडियो)

डिसी नेपाल
२९ माघ २०८० १२:४१
28
Shares

काठमाडौं। नेकपा एमालेका नेता एवं राष्ट्रिय सभा सदस्य कुमार दसौदीले वर्तमान सरकारले देश र जनताका लागि केहि गर्न नसकेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा उहाले बिकास आयोजनाहरु ठप्प रहेको, आर्थिक अवस्था सुधार गर्न नसकेको र जनताको अपेक्षा पुरा गर्न नसकेको आरोप लगाएका हुन्। उनले भूकम्पपिडितको अवस्था दिनदिनै कठिन बन्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेको जिकिर गरे।

दसौदीले आफ्नो जिम्मेवारी पुरा गर्न नसके सरकारबाट विदा लिनुपर्ने धारणा राखे। उनले नेपालको न्यायालय प्रभावकारी हुन नसकको र जस्तो सुकै फैसला गर्ने गरेको तर्क गरे।

न्यायाधीश नियुक्त खल्तिबाट नभई नयाँ ढंगले गर्नुपर्ने र राज्यको संरचना अनुसार न्यायालयको पुनसंरचना गर्नुपर्नेमा उनले जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *