रफाहमा हमलाको बीचमा दुई इजरायली बन्धकहरूलाई उद्धार गरेको दाबी

डिसी नेपाल
१ फागुन २०८० १०:४१

काठमाडौं । इजरायलले दक्षिणी गाजामा “हिंसक” इजरायली हवाई आक्रमणको रिपोर्टको बीचमा राफाहमा छापा मारेर दुई इजरायली बन्धकहरूलाई उद्धार गरेको जनाएको छ।

इजरायली सेनाका प्रवक्ताले उद्धार गरिएका बन्धकहरूको अवस्था राम्रो रहेको र स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको बताए।

यसअघि प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले रफाहमा आक्रमण भइरहेको र धेरैको ज्यान गएको बताएको थियो ।

इजरायलले पनि दक्षिणी गाजामा हमला गरिरहेको बताएको छ तर इजरायलले यो भन्दा बढी जानकारी दिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *