संयुक्त राष्ट्रसंघको कार्यालयमुनि हमासको सुरुङ !

डिसी नेपाल
१ फागुन २०८० १३:४०
824
Shares

काठमाडौं । इजरायली सेनाले हमास लडाकुहरूसँग जारी युद्धको बीचमा नयाँ सुरुङ पत्ता लागेको जानकारी दिएको छ। इजरायली सेनाले युएनआरडब्लुए (युनाइटेड नेशन्स रिलिफ क्याम्प्स एण्ड एक्सन एजेन्सी फर प्यालेस्टाइन शरणार्थी) स्कूल अन्तर्गत एउटा सुरुङ फेला पारेको जनाएको छ। अर्कोतर्फ, दक्षिणी गाजाको रफाह सहरमा शनिबार इजरायलले गरेको पछिल्लो हवाई हमलामा करिब ३१ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गत वर्ष सुरु भएको इजरायल–हमास युद्धपछि गाजाको २३ लाख जनसंख्यामध्ये आधाभन्दा बढी इजिप्टको सीमातर्फ विस्थापित भएका छन् । यसबाहेक हजारौं मानिस संयुक्त राष्ट्र संघद्वारा सञ्चालित अस्थायी टेन्ट शिविर र आश्रयस्थलमा बसिरहेका छन् ।

इजरायल-हमास युद्ध गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणबाट सुरु भयो, जसमा हमास लडाकुहरूले करिब १,२०० व्यक्तिको हत्या गरेका थिए। मारिनेमा अधिकांश सर्वसाधारण नागरिक थिए ।

यसबाहेक हमासका लडाकुहरूले करिब २५० जनालाई अपहरण गरेर बन्धक बनाएका थिए । हमासले अझै पनि १३० जनाभन्दा बढी बन्धकहरूलाई राखेको छ, जसमध्ये करिब ३० जना मारिएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *