जो बाइडेनको ठाउँमा मिशेल ओबामा अमेरिकी राष्ट्रपतिको उमम्मेदवार बन्न सक्ने

डिसी नेपाल
१ फागुन २०८० १६:३५

काठमाडौं । यस वर्षको अन्त्यमा अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा आश्चर्यजनक रूपमा पूर्व प्रथम महिलाको प्रवेश हुन सक्छ। फक्स न्यूजको रिपोर्टका अनुसार राष्ट्रपति जो बाइडेनले अन्तिम क्षणमा आफ्नो उम्मेदवारी छोड्न सक्नेछन् र उनको स्थानमा पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामालाई डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनाउन सकिन्छ।

वास्तवमा, भर्खरै विशेष सल्लाहकार रोबर्ट हर द्वारा एक रिपोर्ट जारी गरिएको थियो। जसमा बाइडेन मानसिक र शारीरिक रूपमा संघर्ष गरिरहेका छन् भन्ने स्पष्ट रूपमा भनिएको छ। त्यसैले उनले चुनाव लड्नु उचित हुँदैन । यो रिपोर्टलाई अस्वीकार गर्दै बाइडेनले भनेका थिए– उमेरसँगै केही समस्या आउँछ, तर यसको मतलब म फिट छैन भन्ने होइन ।

विवेक रामास्वामी पनि रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा थिए। पछि उनले डोनाल्ड ट्रम्पको समर्थनमा आफ्नो नाम फिर्ता लिएका थिए । फेब्रुअरी ९ मा विवेकले डेमोक्रेट उम्मेदवारको बारेमा चकित पार्ने खुलासा गरे।

विवेकले भने- डेमोक्रेटिक पार्टीले बाइडेनको स्थानमा मिशेल ओबामालाई राष्ट्रपतिको उम्मेदवार बनाउने विचार गरिरहेको छ। विशेष काउन्सिल रोबर्ट हरको प्रतिवेदन बाहिर आएपछि यो निर्णय गरिएको हो । बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यबारे प्रतिवेदनमा कत्तिको गम्भीर प्रश्नचिन्ह खडा भएको छ भन्ने सबैले देखेका छन् । राष्ट्रपतिप्रति हाम्रो शुभकामना भए पनि उहाँको स्मरण शक्तिका बारेमा जे पनि भनिएको छ, त्यो सही छ । त्यसैले यो प्रतिवेदनलाई कसैले खारेज गर्न सक्दैन।

पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि बाइडेनको मानसिक र शारीरिक क्षमतामाथि प्रश्न उठाएकी छिन् । क्लिन्टनले एक अन्तर्वार्तामा स्वीकार गरिन् कि यदि डेमोक्र्याटले बाइडेनलाई उम्मेद्वार बनाए भने यसले ट्रम्पलाई प्रत्यक्ष फाइदा पुर्‍याउँछ। तसर्थ, बाइडेनको विकल्प खोज्न महत्त्वपूर्ण छ।

रामास्वामीले भने- ८१ वर्षीय बाइडेनले आफूलाई जतिसुकै उपयुक्त चित्रण गर्ने प्रयास गरे पनि उनको घरबाट संवेदनशील कागजातहरू बरामद भएको स्पष्ट छ। अब उनको ठाउँमा मिशेल ओबामाको नाम आउँछ भने त्यसमा केही गलत छैन ।

रिपोर्टका अनुसार यदि मिशेललाई उम्मेदवार बनाइयो भने उपराष्ट्रपति कमला ह्यारिसको मुद्दा अवश्य उठ्नेछ । उनलाई किनारा लगाउन त्यति सजिलो हुनेछैन। उनको दाबी निकै बलियो छ र पार्टीमा उनको पकड बाइडेनभन्दा बलियो हुँदै गइरहेको छ । यस सम्बन्धमा सोधिएको प्रश्नमा रामास्वामीले भने– कमलालाई राष्ट्रपतिको उम्मेदवार बनाइन्छ भन्ने मलाई लाग्दैन । केही अचम्मको नाम आउन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *