नवाज शरीफ पाकिस्तानी प्रधानमन्त्री नबन्ने, छोरीले भनिन् – यो राजनीति छोड्नु होइन

डिसी नेपाल
३ फागुन २०८० १४:४७

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाजले नवाज शरीफ प्रधानमन्त्री नबन्दैमा उनी राजनीतिबाट टाढा हुन लागेको भन्ने बुझ्न नहुने बताएकी छन् ।

सामाजिक सञ्जाल प्लेटफर्ममा एक पोस्टमा उनले लेखिन् “हामी धेरै राजनीति मात्र गर्दैनौं तर पञ्जाब र केन्द्रमा हाम्रा सरकारहरूलाई पनि मार्गदर्शन गर्नेछौं।”

मरियम नवाज शरीफले नवाज शरीफको तीनवटै सरकारमा जनताले आफ्नो पार्टीलाई बहुमत दिएको र आफू कुनै पनि गठबन्धन सरकारको हिस्सा नहुने पनि आफ्नो राजनीतिक भाषणमा स्पष्ट गरिसकेकी छन् ।

मरियम नवाजले आफू र शहबाज सरिफ नवाज सरिफका सिपाही भएको बताएकी छन् । उनले भने, “हामी उहाँका सिपाही हौं र उहाँको आदेश पालन गर्छौं र उहाँको नेतृत्व र निगरानीमा काम गर्नेछौं।”

पाकिस्तानको नयाँ गठबन्धन सरकारमा शहबाज सरिफ प्रधानमन्त्री बन्न सक्नेछन् । योसँगै मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्री बनाउन सकिने चर्चा छ ।

पाकिस्तानमा भएको आम निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेको छैन ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफले समर्थन गरेका उम्मेदवारले सर्वाधिक सिट जितेका छन् । यद्यपि उनीहरु पनि बहुमतबाट टाढा छन् ।

पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टीले मिलेर सरकार गठन गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *