पुटिनले आफूलाई ट्रम्पभन्दा बाइडेन धेरै मन पर्नुको कारण खुलाए

डिसी नेपाल
३ फागुन २०८० १५:२२

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार एक अन्तर्वार्तामा आफूले डोनाल्ड ट्रम्पभन्दा जो बाइडेनलाई प्राथमिकता दिने बताएका थिए ।

पुटिनले आफू कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न इच्छुक रहेको पनि बताए ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार पुटिनलाई सोधिएको थियो – रुसका लागि डेमोक्रेट बाइडेन राम्रो कि रिपब्लिकन ट्रम्प राम्रो ?

पुटिनले जवाफ दिए, “बाइडेन । उनी धेरै अनुभवी छन् । उनले के गर्छन् भन्ने थाहा हुन्छ । बाइडेन अनुभवी नेता हुन्।”

अमेरिकामा यसै वर्ष निर्वाचन हुँदैछ । यसपटक अमेरिकी राष्ट्रपति चुनावमा बाइडेन र ट्रम्प आमनेसामने हुन सक्ने अनुमान गरिएको छ ।

पुटिनले अमेरिकी चुनावको सन्दर्भमा पनि बोल्दै थिए। पुटिनले अमेरिकी जनताले विश्वास गर्ने राष्ट्रपतिसँग काम गर्न तयार रहेको बताए ।

पुटिनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा टिप्पणी गरेको यो पहिलो पटक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *