जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको स्थान गुमायो

डिसी नेपाल
३ फागुन २०८० १५:४४
5.6k
Shares

काठमाडौं । विश्वको तेस्रो ठूलो अर्थतन्त्रको ताज जापानबाट खोसियो र उसलाई पछि पार्दै जर्मनी अहिले तेस्रो ठूलो अर्थतन्त्र बनेको छ । बिहीबार धेरै देशको जीडीपीको तथ्यांकमा यो कुरा बाहिर आएको हो ।

जापानको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्ला दुई त्रैमासिकमा घटेको छ र यसले यसको वरियतामा असर गरेको छ। यससँगै अमेरिकी डलरको तुलनामा येनको मूल्यमा आएको गिरावटका कारण पनि अवस्था नाजुक बनेको छ ।

जापानको जीडीपीमा आएको गिरावटका कारण यो देश अहिले मन्दीको चपेटामा परेको छ र यसैको असरले जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रुपमा आफ्नो स्थान गुमाएको छ । । जापानको जीडीपी अहिले ४.२ ट्रिलियन डलरमा झरेको छ भने नम्बर ३ मा रहेको जर्मनीको जीडीपीको आकार ४.५ ट्रिलियन डलर पुगेको छ ।

पछिल्लो अक्टोबर–डिसेम्बर अवधिमा जापानको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक आधारमा ०.४ प्रतिशतले घटेको छ । अक्टोबरको सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अमेरिकी डलरमा मापन गर्दा जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सक्ने अनुमान गरेको थियो ।

जापानको मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले पनि देशले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको स्थान गुमाएको देखाएको छ । जापानी मुद्राको कुरा गर्दा डलरको तुलनामा येन लगातार कमजोर बन्दै गएको छ । सन् २०२२ मा येन २० प्रतिशतले घटेको थियो भने २०२३ मा झण्डै ७ प्रतिशतले घटेको छ । यी सबै कारणले गर्दा जापानले अहिले तेस्रो ठूलो अर्थतन्त्रको उपाधि गुमाएको छ ।

दोस्रो त्रैमासिकमा कमजोर घरेलु मागका कारण जापानको अर्थतन्त्र अप्रत्याशित रूपमा मन्दीमा परेको थियो । जापानी मुद्रा येनको गिरावटमा बैंक अफ जापानको ऋणात्मक ब्याजदर कायम राख्ने निर्णयले पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख छ ।

टोकियो युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक तेत्सुजी ओकाजाकीले जापानको नयाँ जीडीपी तथ्याङ्कले कमजोर हुँदै गएको जापानको वास्तविकता झल्काउने र त्यसको परिणामस्वरुप विश्वमा जापानको उपस्थिति घट्ने सम्भावना रहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *