रकुल प्रीत सिंहले विवाहमा ५ जना डिजाइनरले बनाएको पहिरन लगाउने

डिसी नेपाल
३ फागुन २०८० १६:०५
1.2k
Shares

काठमाडौं । अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानी अहिले आफ्नो जीवनको उत्कृष्ट चरणमा छन् । वर्षौंको डेटिङपछि अब दुवै बेहुला-बेहुली बन्न लागेका हुन् ।

यो जोडीको बिहेको तयारी तिब्र रुपमा चलिरहेको छ । अब रकुल-ज्याकीले आफ्नो विवाहमा एक नभई ५ ठूला डिजाइनरले तयार गरेको लुगा लगाउने खबर आएको छ ।

इटाइम्सको रिपोर्ट अनुसार, रकुल र ज्याकीको विवाहको पोशाक ५ लोकप्रिय डिजाइनरहरूले तयार पारिरहेका छन्। उनीहरुको विवाहको पोशाक निकै विशेष हुनेछ।

स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा चर्चित डिजाइनर तरुण ताहिलानी, शान्तनु र निखिल, फाल्गुनी साने मयूर, कुणाल रावल, अर्पिता मेहताको कार्यशालामा वैवाहिक पोशाक बनाउने काम तीव्र गतिमा भइरहेको बताइएको छ ।

स्रोतका अनुसार रकुल र ज्याकीले भारतीय तथा अन्तर्राष्ट्रिय डिजाइनरले डिजाइन गरेको लुगा लगाउनेछन् । रकुलको पहिरन पञ्जाबी संस्कृतिबाट प्रेरित हुनेछ ।

रिपोर्टमा भनिएअनुसार रकुल र ज्याकी विवाह पछि तुरुन्तै हनिमुनमा जाने छैनन् किनभने उनीहरुसँग पहिले नै कामको प्रतिबद्धता छ।

दुबैको विवाह समुद्र तटमा हुनेछ, त्यसैले उनीहरूले आफ्नो विवाहको लागि गोवा रोजेका छन्। गोवामा विवाह गरेपछि दुवै काममा फर्किनेछन् र त्यसपछि कामबाट फुर्सदको समय निकालेर हनिमुनमा जानेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *