एमाले धादिङ अध्यक्षमा त्रिपाठी निर्वाचित
मलेखु। नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन्। आज सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका रामकुमार अधिकारीलाई ७१ मतले पराजित गर्दै त्रिपाठी निर्वाचित भएका हुन्।
त्रिपाठीको पक्षमा तीन सय नौ र अधिकारीको पक्षमा दुई सय ३८ मत खसेको थियो। एक सय पाँच सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ (गोर्खाली), सचिवमा राधिका सापकोटा, महिला उपसचिवमा उर्मिला रेग्मी, खुला उपसचिवमा भक्तबहादुर लामिछाने निर्वाचित भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment