बंगलादेशले म्यानमारका ३३० सैनिक र सर्वसाधारणलाई फिर्ता पठायो

डिसी नेपाल
४ फागुन २०८० ११:४०

काठमाडौं । बंगलादेशले विद्रोहीको आक्रमणपछि सीमा पार गरेर देशमा प्रवेश गरेका ३३० म्यानमारका नागरिकलाई फिर्ता पठाएको बंगलादेशले जनाएको छ। जसमध्ये अधिकांश सैनिक रहेका छन् ।

समाचार एजेन्सी प्रथम आलो, न्यु एजका अनुसार एक अधिकारीले सैनिक, अध्यागमन अधिकारी र उनीहरूका परिवारहरू म्यानमारको सीमा नजिकैको बंगलादेशको कक्स बजारबाट डुङ्गा चढेर गएको बताए।

यसै महिनाको सुरुमा राखिन राज्यको द्वन्द्वबाट भागेर यी म्यानमारका नागरिकहरू बंगलादेश आएका थिए । अराकान विद्रोहीले यहाँका धेरै सीमा चौकी कब्जा गरेको बताइएको छ ।

यस भिडन्तमा सीमापार गोलीबारीमा दुई बंगलादेशी नागरिकको पनि मृत्यु भएको थियो। यो वर्षको शुरुवाती सातामा सेना लगातार पछि हटेको उल्लेख छ ।

देशको अर्को छेउमा, बंगलादेशको सीमामा गठबन्धनको अराकान आर्मीले धेरै सैन्य अड्डाहरू कब्जा गरेको छ र चिन र राखिन प्रान्तको ठूलो भागमा आफ्नो नियन्त्रण कायम गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *